arrow

नेपाल लाइफ र ग्लोबल कलेजबीच एमओयु सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
nepal-life-mou-global-college.jpg

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ। नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो। ग्लोबल कलेजका विद्यार्थीहरूका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुने छ, त्यसै गरी जीवन बिमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ।

बिमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ सहयोग रहने समेत सम्झौतामा समेटिएको छ। नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँ र ग्लोबल कलेजका तर्फबाट प्रिन्सिपल डा. देवराज पनेरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। उक्त कार्यक्रममा नेपाल लाइफका मानव संसाधन प्रमुख वन्दना शर्मा तथा ग्लोबल कलेजका प्रोग्राम कोअर्डिनेटर बिराज घिमिरेको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ