३ हजारभन्दा बढी संक्रमित थपिए, करिब १६ सय जना निको भए
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
345
Shares
काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ७ लाख २१ हजार ६१७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ९५ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६ सय ८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरमा १३ हजार १३५ जनाको नमुना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ रहेको छ ।