arrow

चाणक्यका अनुसार यी चार कुरामा महिलाले पुरुषलाई पार्छन् पछि

logo
चाणक्य नीति,
प्रकाशित २०७८ साउन ६ बुधबार
chanakya43.jpg

आचार्य चाणक्य भारतका सर्वश्रेष्ठ विद्वान पुरुषहरूमा गनिन्छन्। उनले आफ्नो स्वतन्त्र विचार र ज्ञानको बलमा इतिहासको धारलाई परिवर्तन गरे। आचार्य चाणक्य कौटिल्य र विष्णु गुप्तका नामले पनि परिचित थिए। उनी बाल्यकालदेखि नै कुशाग्र बुद्धिमा धनी थिए । 

उनले धर्म, समाज, अर्थव्यवस्था, राजनीति आदि जस्ता विभिन्न विषयमा खुलेआम आफ्नो विचार व्यक्त गरे। यदि कुने व्यक्तिले आचार्य चाणक्यले भनेको मार्ग अनुसरण गर्‍यो भने उसले जीवनमा अवश्य सफलता प्राप्त गर्नेछ। 

आचार्य चाणक्य महिलाको बारेमा धेरै उदार थिए। उनले महिलाको बारेमा धेरै कुरा उल्लेख गरेका छन् जुन नीति शास्त्रमा छ। आचार्य चाणक्यले महिलाको त्यस्ता गुणहरूको बारेमा बताएका छन् जसमा पुरुषभन्दा अगाडि छन्।

आचार्य चाणक्यका अनुसार महिलाले पुरुष भन्दा बढी खाना खान्छन्। उनले यस कुराको एक ठाउँमा उल्लेख गर्दै लेखेका छन् - 'स्त्रीणां दिव्गुणा आहारो' अर्थात् महिलाहरूलाई पुरुषको तुलनामा दुई गुणा बढी भोक लाग्छ।

आचार्य चाणक्य भन्छन् महिलाहरू पुरुषको अपेक्षा भन्दा बढी बुद्धिमान हुन्छिन्। उनीको बुद्धि कयौँ अर्थमा पुरुषहरूको भन्दा राम्रो तरिकाले काम गर्दछ। महिला पुरुषभन्दा ज्यादा चतुर, समझदार र बुद्धिमान हुन्छन्। महिलाहरू हरेक समस्याको सामना बिना डर गर्दछन् ।

चाणक्यका अनुसार महिला पुरुषहरू भन्दा आठ गुणा बढी कामुक हुन्छन्। महिलामा कामुकताको शक्ति पुरुषहरू भन्दा अधिक हुन्छ। यस कारण आचार्यले महिलालाई पुरुषहरू भन्दा बढी कामुक भनेर वर्णन गरेका छन्।

आचार्य चाणक्यका अनुसार महिलाहरू पुरुषभन्दा बढी साहसी हुन्छन्। चाणक्य नीतिमा उनले 'साहसं षड्गुणं' लेखेका छन्, अर्थात् उनीहरू भित्रको साहस शक्ति पुरुषहरूको तुलनामा ६ गुणा बढी हुन्छ। उनीहरु तनाव सहने मामिलामा पनि पुरुषहरू भन्दा अगाडि हुन्छन्।



नयाँ