arrow

ईदको दिन हिन्दू धार्मिक परम्परामाथि बाबुरामको आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
baburam2.jpg

काठमाडौं । ईदका दिन जनता समाजवादी पार्टी (जसपा)का नेता बाबुराम भट्टराईले हिन्दु धर्मको संस्कृती तथा परम्परामाथी आक्रमण गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा भारतको उत्तर प्रदेश(युपी)का मुख्यमन्त्री योगी आदित्यनाथको फोटो शेयर गर्दै भट्टराईले हिन्दुहरुको धार्मीक आस्था र परम्परामाथि प्रहार गरेका हुन् ।

गोरखनाथ मठका योगी समेत रहेका युपीका मुख्यमन्त्री आदित्यनाथले गंगामा दुध चढाउँदै गरेको फोटो सेयर गर्दै हिन्दु धार्मिक परम्परा र आस्थामाथी अपमान गर्दै चोट पुर्याएका हुन् ।

भट्टराईले ट्वीट गरेको फोटोको माथि लेखिएको छ , ‘विश्वास खतरनाक कुरा हो, यसले तपाईंलाई दुध फालेर पिशाब पिउँन भन्छ ।’  नेता भट्टराईले  फोटो सेयर गर्दै मेरा भारतीय सहपाठीहरुले गरेको प्रचार भन्दै लेखेका छन् ।

नेता भट्टराईको यो ट्विटमाथि प्रतिक्रिया दिँदै भारतीय जनता पार्टी (बीजेपी)का विदेश विभागका प्रमुख डा.विजय चौथाईवालाले नेता भट्टराईलाई भनेका छन्, ‘तपाइँ र तपाइँका सहपाठीले ईदको अवसरमा हिन्दु धर्मको निष्ठा र रीतिथितिहरूको अपमान गरेको स्पष्ट छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ