कोरोना अपडेट : २,७१४ संक्रमित थपिदा १,२८८ जना निको भए
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
1k
Shares
काठमाडौं। पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख २७ हजार १६९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३७ हजार ६ सय ९० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ९ हजार ६ सय ६१ पुगेको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ३७५ रहेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८ सय २९ जनाको नमुना परीक्षण गरिएको थियो ।