arrow

जापानका राजदूतले भेटे प्रधानमन्त्रीलाई, १६ लाख खोप चाँडै काठमाडौँ आइपुग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
japan-nepal.JPG

काठमाडौँ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तापछि जापानले नेपाललाई उपलब्ध गराउने एस्ट्राजेनेकाको खोप चाँडै काठमाडौँ आइपुग्ने प्रधानमन्त्री देउवाले जानकारी दिएका हुन् ।

जापानले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप अनुदान स्वरूप उपलब्ध गराउने घोषणा गरेको थियो ।

यस्तै जापानले निकट भविष्यमा थप खोप समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्री देउवाले जानकारी गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ