arrow

विपक्षी दलको नेता प्रतिनिधि सभा बैठकमा नभएको प्रति प्रधानमन्त्रीको दुखेसो

ऋण गरेरै भए पनि जनतालाई खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
Sher-bahadur-deuba-n.jpg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विपक्षी दलको नेता नभएको प्रति दुखेसो पोखेका छन् । विपक्षी दलको नेता संसद्मा हुनु पर्ने यसअघि विश्वासको मत लिँदा नै बताएका प्रधानमन्त्री देउवाले शुक्रवारको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका नेता नभए पनि उपनेताले आफ्ना कुरा राखेको तर प्रधानमन्त्रीले दिने जवाफ नसुनी बाहिरिएको भन्दै दुखेसो पोखे । 

देउवाले संविधान सभाका सभामुखसमेत रहेका विपक्षी दल एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूले बोलेको कुराको जवाफ नसुनी नयाँ संस्कृति देखाउँदै हिँडेको बताए ।  ‘उहाँ त्यस बखत सभामुख हुनुहुन्थ्यो, ७६ (५) मा के लेख्या भनेर सोध्ने वाला थिएँ, उहाँले देशमा कहिले पनि यो संविधान भत्कने छैन, पार्लियामेन्ट भङ्ग हुने छैन भन्नु भएको थियो। म सम्झन्छु,’ प्रधानमन्त्रीले प्रतिनिधि सभामा जवाफ दिँदै भने । 

उनले राष्ट्रपति आह्वान गरे अनुसार संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीका लागि आफू राष्ट्रपति समक्ष गएको तर उहाँले आफैँले सनाखत गर्न सक्ने अवस्थामा पनि नगरेको बताए । 

संविधानको सो धाराको व्यवस्था किन गरिएको भन्ने संविधान सभाका सभामुखलाई थाहा भएको भन्दै देउवाले संविधानको व्यवस्था अनुसार नै अन्य पार्टीसँग प्रधानमन्त्रीमा मत मागेको जिकिर गरे । 

प्रधानमन्त्री देउवाले आफूले वाचा गरेको कुरा पुरा गरेरै छाड्ने बताए । उनले ऋण गरेर भए पनि खोप किनेर जनतालाई खोप लगाएरै छाड्ने बताए । 
यसै गरी सबैको सुझावलाई आफूले मनन गरेर अघि बढ्ने भन्दै प्रधानमन्त्री देउवाले सबैको समर्थन प्राप्त भएकाले सबैलाई धन्यवादसमेत दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ