arrow

मलेशियाबाट एकै पटक २४ नेपालीको शव ल्याएपछि क्याप्टेन लामा लेख्छन् : के यो देश धनी र ठुला बडाको मात्र हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ९ शनिबार
sab.jpg

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव शनिबार बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको क्याप्टेन विजय लामाले उल्लेख गरेका छन् । उनले अझै १८ वटा शव ल्याउन बाँकी रहेको पनि जनाएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन् –‘मनमा धेरै दुःख लाग्दालाग्दै पनि बाध्य छौं ल्याउनलाइ। देशको स्थिति नै यस्तै छ । धनी र ठुला बडाहरुलाइ मात्र हो त यो देश कि सबैलाई हो ?’

‘मलेशियाको क्वालालम्पुरबाट वैदेशिक रोजगारीमा गएर फर्कन लागेका यात्रुसगै, आज मेरो उडान फ्लाइट नम्बर आर ए ४१६मा, रोजगारीको क्रममा कोभिड १९ बाहेकको अरु विभिन्न कारणले ज्यान गुमाएका नेपाली दाजुभाइको २४ वटा शव तथा ३ वटा अस्तु पनि ल्याएका थियौ हामीले। अझै अर्को उडानमा पनि १८ वटा शव ल्याउनु बाकी छ रे !’

विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदिबहिनीको शव ल्याउँदा जस्तो दुख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न। तथ्यांकमा मात्र सिमित हुने त होला देशको सरकारको निमित्त तर मृत व्यक्ति तथा उनका आश्रित परिवारको भने सर्वस्व गुमेको छ !

अब पनि पुगेन देशलाइ वर्वाद पार्दै नेपाली जनतालाइ बिदेश जान बाध्य बनाउने गरि एक आपसमा झगडा गर्ने यति देखेपछि त केही गर्नु नि देश र जनताको लागि । आफ्नो अनि पार्टीको स्वार्थ भन्दा माथी उठ्न सकिन्न र ? हार्दिक श्रद्धाञ्जली ।’ यता, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आफन्तलाई जिम्मा लगाइएको छ ।    
    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ