arrow

बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक, माधव नेपाल पनि सहभागी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ९ शनिबार
Gathabandhan_meeting_9_Saun.jpg

काठमाडौं । मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी भएका छन् । नयाँ सरकार गठनपछि उनी पहिलोपटक बैठकमा सहभागी भएका हुन् ।

शनिबार साँझ बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।

२८ असारमा प्रतिनिधिसभा पुनःस्थापना हुने सर्वोच्च अदालतको फैसलालगत्तै कोटेश्वरमा बसेको पाँच दलीय गठबन्धन बैठकमा एमाले वरिष्ठ नेता नेपालले आगामी दिनमा आफू गठबन्धन बैठकमा सहभागी नहुने बताएका थिए । त्यसयता उनी गठबन्धन बैठकमा सहभागी भएका थिएनन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सत्ता गठबन्धनलाई दिगो बनाउने, मन्त्रिपरिषद् विस्तारको तयारी थाल्ने र समसामयिक राजनीतिक परिस्थितिबारे शीर्ष नेताहरूबीच छलफल भएको थियो ।

बैठकमा विशेषगरी कोरोना विरुद्धको खोप, मन्त्रिपरिषद विस्तार, गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा छलफल भएको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ