arrow

पशुपति मन्दिर अगाडि बाग्मतीमा एक सय लिटर दुध चढाइयो, पूर्वमन्त्री पनि सहभागी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
pashupati-bikash-thakur.png

काठमाडौं । सोमबार पशुपतिनाथ मन्दिर अगाडि बाग्मती नदीमा हिन्दुधर्मालम्वीहरुले एकसाथ एक सय लिटर दुध चढाएका छन् । तिथी अनुसार श्रावण महिनाको पहिलो सोमबारको अवसरमा पशुपतिनाथलाई दुध अपर्ण गरिएको उनीहरुले बताएका छन् ।

दुध अपर्ण कार्यक्रममा नेपाल फाउण्डेसनका अध्यक्ष विकासकुमार ठाकुर, पूर्व पर्यटनमन्त्री उमाशंकर अरगरिया, राजनीतिक विश्लेषक देवेश झालगायत सहभागी थिए ।

श्रावण ६ गते ईदको दिन जनता समाजवादी पार्टी जसपाका नेता डा.बाबुराम भट्टराईले एक ट्विट सेयर गरेका थिए । सो ट्विटमा गंगा नदीमा दुध अपर्ण गरिरहेका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो रहेको थियो । फोटो माथि ‘आस्था खतरनाक चिज हो यसले तपाईँलाई दुध फालेर पिसाब पीउन भन्छ’ लेखिएको थियो ।

नेता भट्टराईको सोही ट्विटलाई लिएर नेपाल मात्रै नभई भारतमा समेत हिन्दु आस्थाका व्यक्तिहरुले चर्को आलोचना गरेका थिए । नेपालका विभिन्न जिल्लामा नेता भट्टराईको पुत्ला नै जलाईएको थियो ।

यसको ५ दिनपछि हिन्दु धर्मालम्वीहरुले पशुपतिमा दुध अपर्ण गरिएको हो । दुध अर्पण गर्नुका पछाडि धार्मिक आस्थासँगै वैज्ञानिक कारणसमेत रहेको नेपाल फाउण्डेसनका अध्यक्ष ठाकुरको भनाइ छ । नेता भट्टराईले झण्डै ८३ प्रतिशत हिन्दु नेपालीमाथि ठेस पुर्याएको फाउण्डेसनका अध्यक्ष ठाकुरको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ