पर्वतमा बाढीले बगाउँदा बेपत्ता भएका चौधरी २० दिनपछि मृत भेटिए
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
723
Shares
पर्वत । पर्वतको कुश्मास्थित सुन्दरे खोलाले बगाउँदा बेपत्ता भएकामध्ये एक जना २० दिनपछि मृतावस्थामा फेला परेका छन् ।
कैलालीको घोडाघोडी नगरपालिका-१२ घर भएका ३५ वर्षीय ईन्द्र चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
चौधरीको शव चितवनको माडी नगरपालिका वडा नं.१ मा रहेको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने नारायणी नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।
गत असार २२ गते राति १० बजे सुन्दरे खोलामा बाढी आउँदा चौधरी वेपत्ता भएका थिए । चौधरीसंगै बेपत्ता भएका ईन्जिनियर राजाराम आचार्यको अवस्था अझै अज्ञात छ । उनीहरु मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा काम गर्ने लामा कन्स्ट्रक्सनबा कर्मचारी हुन् ।
कार्यस्थलमै रहनेक्रममा राति खोलामा अचानक बाढी आउँदा उनीहरु त्यहाँबाट कम्पनीकै गाडीमा निस्कनेक्रममा खोलाले गाडीसहित उनीहरुलाई बगाएको थियो । खोलाले बगाएको गाडी भने भोलिपल्ट मोदी खोलामा भेटिएको थियो ।