arrow

रेशम चौधरी जसपामा तटस्थ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
resham-chaudhari.jpg

काठमाडौँ । जनता समाजवादी भित्रको विवादमा रेशम चौधरी तटस्थ बसेका छन् ।  चौधरी जसपा विवादको छिनोफानोको प्रक्रियामा सहभागी हुन निर्वाचन आयोग पुगे पनि कुनै पक्षमा पनि सनाखतमा सहभागी नभई फर्किएका हुन् । 

उनलाई सनाखतका लागि डिल्लीबजार कारागारबाट कान्तिपथस्थित निर्वाचन आयोग लगिएको थियो । 

सो क्रममा पहिले उनले जसपाका दुवै जना अध्यक्षसँग छलफल गर्ने र निर्णय गर्ने बताए पनि विवादको छिनोफानोको प्रक्रियामा भने उनी कतै खुल्न तयार भएनन् । 

महन्थ ठाकुर र उपेन्द्र यादवमध्ये कुन पक्षलाई आधिकारिकता दिने भनेर सुनुवाइ गरिरहेको आयोगले सोमबार कार्यकारिणी सदस्यहरूलाई सनाखतका लागि बोलाएको थियो । 

जसपामा ५१ सदस्यीय कार्यकारिणी समिति छ । त्यसमध्ये ३४ जनाले उपेन्द्र यादव पक्षमा सनाखत गरेका छन् । यस्तै १६ जनाले महन्थ ठाकुर पक्षमा उभिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ