arrow

बोटलर्स नेपाल लिमिटेडका तीन युनियनको प्रष्टीकरणः युनियनहरुमाथि कुनै दबाब छैन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १२ मंगलबार
bottlers-nepal1.jpg

काठमाडौं । बोटलर्स नेपाल लिमिटेडले नेपाल सरकारले तोकेको नियम, कानूनप्रति प्रतिबद्ध रही इमानदार र पारदर्शी रुपमा काम गर्दै आएको दाबी गरेको छ ।

विगत केही समयदेखि केही संचार माध्यममा बोटलर्स नेपाल लिमिटेड तथा सो संस्थासँग सम्बन्धित ट्रेड युनियनका विषय जोडेर आएका समाचारप्रति कम्पनी तथा युनियनहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

कम्पनीका तीन मजदुर युनियनहरु अखिल नेपाल औद्योगिक मजदुर संघ वोटलर्स नेपाल लिमिटेड, नेपाल कारखाना श्रमीक संघ र समग्र उद्योग ट्रेड युनियन नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता समाचारहरुको खण्डन गरेका हुन् । 

विभिन्न संचार माध्यममा आएका समाचारले कम्पनी तथा सो कम्पनीसँग सम्बन्धित मजदुरहरु र युनियनको प्रतिष्ठा र नैतिकतामाथि नै आँच ल्याउने अभिप्राय रहेको उनीहरुको ठहर छ । 

कम्पनी र युनियनहरु बीच सधै सुमधुर सम्बन्ध रहेको र संचार माध्यममा उल्लेख गरिए अनुसार युनियन सदस्यहरुमा कुनै प्रकारको दबाब नरहेको स्पष्टीकरण विज्ञप्तिमा उल्लेख गरिएको छ । 

कम्पनीले सबै कारोबारमा उच्च नैतिक मापदण्डको पालना गर्दै जिम्मेवारीपूर्वक व्यवसाय गर्दै आईरहेको विषय पनि विज्ञप्तिमा उल्लेख गरिएको मजदुर संगठनहरुले जनाएका छन् । 

साथै कम्पनी तथा युनियनहरुले कुनै पनि पत्रकार उपर छानवीन तथा अहित हुने गरी कारवाही नगरेको तथा गर्ने कुनै योजना पनि नबनाएको समेत विज्ञप्तिमा प्रष्ट्याइएको छ ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ