arrow

राष्ट्रपति भण्डारीद्वारा गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १२ मंगलबार
bidyadevi.jpg.jpeg

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्।

भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख पौडेल र यादवलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तमा जनाइएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान सिंह गुरुङलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ