arrow

संशोधन नगरी एमसीसी अनुमोदन गर्दा देश उपनिवेशकरण तर्फ धकेलिनेछः भीम रावल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १३ बुधबार
bhim-rawal.jpg

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संशोधन नगरी एमसीसी अनुमोदन गर्नु घातक हुने बताएका छन् ।

रावलले संशोधन नगरीकन एमसीसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने भन्दै त्यसो नगर्न पार्टी र सरकार दुबैलाई खबरदारी समेत गरेका छन्।

‘नेपालको संविधान,कानून,राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ ।देश उपनिवेशकरण तर्फ धकेलिनेछ। यस्तो काम सरकार र पार्टीले नगरून् । यसबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस्’ रावलले सामाजिक संजालमा लेखेका छन् । 



नयाँ