arrow

भीम रावलको आरोप- विदेशी सेना नेपाल आउने बाटो सरकारले खोल्यो [भिडियो]

सरकारले ल्याएको नागरिकता विधेयकमाथि पनि आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १७ शनिबार
rawal-bhim.jpg

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले नेपाल सरकारले विदेशी सेनालाई देशमा भित्र्याउने बाटो खोलिरहेको आरोप लगाएका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली नदीनालाबाट विद्युत उत्पादन गर्न विदेशी कम्पनीलाई दिने र त्यसको सुरक्षा उनीहरूले नै गर्न पाउने कानुनले यस्तो अवस्था सिर्जना गरेको बताए।

रावलले सरकारले ल्याएको नागरिकता विधेयकमाथि पनि आपत्ति जनाए। उनले विधेयकमा नागरिकता लिनका लागि बुवाको नाम र ठेगाना नचाहिने व्यवस्था गरिएको भन्दै यसले वंशजको नागरिकताको सिद्धान्त माथि नै प्रश्न उठाएको बताए। "दिनेबेला वंशजको नागरिकता भन्ने, बाबुको नाम र ठेगाना मेटिदिएपछि कसरी वंशजको नागरिकता रह्यो त?" उनले प्रश्न गरे।

पूर्वउपप्रधानमन्त्री रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै, "भएका छोराछोरी खाडी पठाउने अनि छोराछोरी जन्माओ भन्ने?" भन्दै प्रश्न पनि गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ