arrow

सिप्रदी र शिखर ईन्स्योरेन्सबीच अटो प्लस सम्झौता

शून्य ह्रासकट्टी, नयाँ गाडी प्रतिस्थापन योजना साथै दैनिक भाडादर तीन हजारसम्म प्रतिपूर्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १३ बुधबार
sipradi-shikhar-autoplus-agreement.jpg

काठमाडौँ। टाटा मोटसर्को नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र शिखर ईन्स्योरेन्स  कम्पनी लिबीच अटो प्लसमा सम्झौता भएको छ। शिखर ईन्स्योरेन्सको प्रधान कार्यालय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिको तर्फबाट संस्थाका उप–सभापति सौरव राज थपलिया र शिखर ईन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेद्वारा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन्।

यस अटो प्लसमा सम्झौतामा टाटा मोर्टस्द्वारा उत्पादित गाडीहरू जस्तै टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागु हुनेछ। यस अटो प्लस स्किममा सवारी साधन दर्ता भएको मितिबाट ५ वर्ष सम्म लागु हुनेछ। साथै यो स्किम व्यापक मोटर बिमा पोसिलीमा मात्र लागु हुनेछ। जस अन्तर्गत शून्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर तीन हजार रुपैयाँ र टाटा एस टाटा इन्ट्राका लागि भाडादर एक हजार ५ सय प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगायतका फाइदाहरू रहेको कम्पनीले जनाएको छ।

यो योजनामा सहभागी हुनका लागि ग्राहकहरूले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ्ग प्रालिको आफूलाई पायक पर्ने नेपाल अधिराज्यभरिको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दाबी गर्न सक्नेछन्। अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकहरूलाई थप सहज हुने दुवै कम्पनीको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ