arrow

नेपाली जनसम्पर्क समिति इजरायलमा महिला नेतृत्वको प्रशंसा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
Isaral_.jpg

इजरायल । प्रवासमा रहेका नेपाली समुदायमा महिला नेतृत्वले अग्रणी स्थान लिने क्रममा नेपाली जनसम्पर्क समिति इजरायलले समेत त्यो स्थान प्राप्त गरेको गरेको छ।

नेपाली जनसम्पर्क समितिको पाचौं वार्षिक उत्सव तथा ३९ औं वीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सामितिका पूर्व कार्यवाहक सभापति तथा प्रमुख अतिथि डम्मर गुरुङले उक्त कुरा बताएका हुन्।

गत मगलबार इजरायलस्थित तेलबि चिल्ड्रेन पार्कमा आयोजित नेपाली जनसम्पर्क समिति इजरायलको पाचौं वार्षिक उत्सव तथा ३९ औं विपी स्मृति दिवसलाई सम्बोधन गर्दै निवर्तमान सल्लाहाकार समेत रहेका गुरुङले भने, “नेपाली समुदाय यतिवेला विश्व भर फैलिएको छ, यसैक्रममा केही नगन्य मात्रामा महिला नेतृत्वलाई अगाडी ल्याइएको छ, त्यसको एक उदाहरण यस इजरायल पनि भएको छ।”

कार्यक्रमलाई सम्बोधन गर्दै समिति एवं कार्यक्रमका सभापति दिपिका भुसालले माहिलाहरूको नेतृत्व कमी भइरहेको अवस्थामा नेपाली जनसम्पर्क समिति इजरायललाई आफ्नो नेतृत्वमा अगाडी बढाउन पाउनु समग्र नेपाली समुदायको सफलता रहेको बताउंदै सभापति भुसालले कृतज्ञता व्यक्त गरेकी थिइन् ।

भुसाल ले भनिन, ‘जनसम्पर्क समिति हाम्रो घर हो र यसभित्र हामीले सबैलाई समेट्न सकौं भन्ने हेतुले यस कार्यक्रम आयोजना गरिएको हो।” भुसालले थपिन, “हामी राष्ट्रियता, लोकतन्त्र र समाजवादका अनुयायी हौं र त्यसलाई सफल पार्नु  हामी सबैको दायित्व हो र यसप्रति आस्थावान सम्पूर्ण इजरायलवासी व्यक्तित्वहरूलाइ समेट्नु हाम्रो उदेश्य हो।”

भुसालले नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी पछिल्लो अभिलेखमाथि टिप्पणी गर्दै भनिन्, “क्रियाशील आरक्षण कोटा ३३ प्रतिशत रहेपनि २२ प्रतिशत मात्र महिला सहभागिता हुनु दुखद कुरा हो, यसको जवाफ नेतृत्व पक्षले दिनुपर्छ।”

समितिका निवर्तमान सल्लाहकार भरत लामा, नेपाली कांग्रेस १४ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि सूर्य बहादुर राना, उपसभापति कटक श्रेष्ठ, महामन्त्री मात्रिका तिमल्सिना, सह महामन्त्री द्वय सुमित्रा दवाडी एवं सबिषा थापा, कोषाध्यक्ष विनिता बराम, कार्यसमिति सदस्यद्वय सोनाम योल्मू र प्रेमा अधिकारी, प्रदेश नम्बर ३ कि प्रमुख प्रभा घिमिरे, क्रियाशील सदस्य उमा पौडेल लगाएतले सम्बोधन गरेको कार्यक्रमको सहजीकारण समितिको महामन्त्री माया खनालले गरेकी थिइन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ