arrow

टोकियो ओलम्पिक : चीन १४ स्वर्ण पदकसहित शीर्ष स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
tokyo-2020-olympic.jpg.jpeg

काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन १४ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ। चीनले ६ रजत र ९ कांस्यसहित कुल २९ पदक हासिल गरेको छ।

त्यसैगरि अमेरिका १३ स्वर्णसहित दोस्रो स्थानमा रहेको छ। अमेरिकाले १३ रजत र १० कांस्यसहित कुल ३६ पदक प्राप्त गरेको छ  । तेस्रो स्थानमा जापान रहेको छ। जापानले १३ स्वर्ण ४ रजत र पाँच कांस्य प्राप्त गरेको छ।

यस्तै सात स्वर्ण, ११ रजत र सात कांस्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ । 

यसैगरी अस्ट्रेलिया सात स्वर्ण, दुई रजत र दश कांस्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत पाँच स्वर्ण, छ रजत र पाँच कांस्यसहित छैटौँ, दक्षिण कोरिया चार स्वर्ण, दुई रजत र पाँच कांस्यका साथ सातौँ, जर्मनी तीन स्वर्ण, तीन रजत र पाँच कांस्य जित्दै आठौँ, फ्रान्स तीन स्वर्ण, तीन रजत र तीन कांस्यका साथ नवौँ तथा इटाली दुई स्वर्ण, सात रजत र नौ कांस्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६३ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।   

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले खेलिसकेका छन् । चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन् । 

परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल तथा सिंहले १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेका थिए । 

टोकियो ओलम्पिकमा अब एथलेटिक्सकी सरस्वती चौधरीले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । उनले शुक्रवार आफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछिन् ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ