arrow

कर्मचारी विनियमावली विवाद : नेपाल टेलिकमका प्रबन्ध निर्देशकलाई कार्यालयबाटै लखेटे कर्मचारीले

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
nepaltelecom.jpg

काठमाडौं। कर्मचारी विनियमावली संशोधनको मागसहित नेपाल टेलिकमका कर्मचारीहरू विगत १० दिनदेखि आन्दोलनमा उत्रिएका छन् ।

कर्मचारी विनियमावलीमा तल्लो तहका कर्मचारीको अधिकार कटौती भएपछि सोको संशोधनको मागसहित टेलिकमका प्रबन्ध निर्देशकविरुद्ध कर्मचारीहरू धर्नासहित विरोध गरिरहेका छन् ।

शुक्रवार नौ दिनपछि कार्यालयमा उपस्थित भएका टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई कर्मचारीहरूले कार्यालयबाटै लखेटेका छन् ।

टेलिकमका एक कर्मचारीले आफ्ना मागहरू सम्बोधनबारे कुनै निर्णय नहुँदा शुक्रवार कार्यालय प्रवेश गरेका प्रबन्ध निर्देशकलाई विरोध गर्दै बाहिर पठाएको बताए ।

टेलिकमको सर्वसम्मत कर्मचारीहरूबाट सम्झौतासहितका आफ्ना मागहरू सम्बोधन गर्न कर्मचारीहरू धर्नामा बसिरहेका हुन् ।

गत हप्तादेखि नै जारी धर्ना कार्यक्रमका बेला प्रबन्ध निर्देशक शुक्रवार नौ दिनपछि कार्यालय प्रवेश गरेका थिए । तर, कर्मचारीहरूको माग सम्बोधनका लागि कुनै सङ्केत नदेखिएपछि कर्मचारीहरूले विरोध गर्दै लखेटेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ