arrow

टोकियो ओलम्पिक: चीनको अग्रता कायमै , अमेरिका तेस्रो स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १६ शनिबार
Tokyo-olympic-2020.jpg

काठमाडौं।  जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ। त्यसैगरि आयोजक जापान दोस्रो र अमेरिका तेस्रो स्थानमा रहेका छन्।

विश्व खेलकुदमा वर्चस्व कायम गरेको अमेरिकाको पदक तालिकामा आयोजक जापान हाबी भएको देख्न सकिन्छ । यसअघिका ओलम्पिकहरूमा चीन र अमेरिकाको प्रतिस्पर्धा रहने गरेको थियो। यसपाली जापानले आफ्नो क्षमतामा अभिवृद्धि गरेको छ।

जारी ओलम्पिकमा चीन १९ स्वर्णसहित पहिलो स्थानमा रहेको छ। चीनले १० रजत र ११ कांस्यसहित कुल ४० पदक प्राप्त गरेको छ। त्यसैगरि दोस्रो स्थानमा रहेको जापानले १७ स्वर्णसहित ४ रजत र ७ कांस्य प्राप्त गरेको छ। जापानले कुल २८ पदक प्राप्त गरेको छ।

शुक्रवारको दिन अमेरिकालाई खासै उपल्धिमुलक रहेन । अमेरिकाले शुक्रवार आफ्नो पदक सङ्ख्यामा स्वर्ण पदक जोडन सकेको थिएन। अमेरिका १४ स्वर्ण, १७ रजत र ११ कांस्यसहित कुल ४२ पदक प्राप्त गरेको छ।

उता रुस जो रुस ओलम्पिक समितिको झण्डा लिएर मैदानमा ओर्लेको छ। उ १० स्वर्ण, १४ रजत र १० कांस्यसहित चौथो स्थानमा रहेको छ। अस्ट्रेलिया ९ स्वर्ण , २ रजत र११ कांस्यसहित पाँचौँ स्थानमा रहेको छ भने बेलायत ७ स्वर्ण, ९ रजत र ९ कांस्यसित छैटौँ स्थानमा रहेको छ।

सातौँ स्थानमा दक्षिण कोरिया ५ स्वर्ण, ४ रजत र ६ कांस्य सहित रहेको छ भने नेदरल्याण्ड्स ३ स्वर्ण, ७ रजत र ५ कांस्य सहित आठौं स्थानमा रहेको छ। फ्रान्स र जर्मनी कर्मश ९औं र १०औं स्थानमा रहेका छन्। फ्रान्स र जर्मनी दुवैले तीन-तीन स्वर्ण हात पारेका छन्।

तीन स्वर्ण प्राप्त गरेकाहरूमा क्यानाडा, न्युजिल्याण्ड, चेक गणतन्त्र, क्रोएसिया रहेका छन्। १५औं स्थानमा रहेको इटलीले २ स्वर्ण हासिल गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ