टोकियो ओलम्पिक: चीनको अग्रता कायमै , अमेरिका तेस्रो स्थानमा
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १६ शनिबार
913
Shares
काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ। त्यसैगरि आयोजक जापान दोस्रो र अमेरिका तेस्रो स्थानमा रहेका छन्।
विश्व खेलकुदमा वर्चस्व कायम गरेको अमेरिकाको पदक तालिकामा आयोजक जापान हाबी भएको देख्न सकिन्छ । यसअघिका ओलम्पिकहरूमा चीन र अमेरिकाको प्रतिस्पर्धा रहने गरेको थियो। यसपाली जापानले आफ्नो क्षमतामा अभिवृद्धि गरेको छ।
जारी ओलम्पिकमा चीन १९ स्वर्णसहित पहिलो स्थानमा रहेको छ। चीनले १० रजत र ११ कांस्यसहित कुल ४० पदक प्राप्त गरेको छ। त्यसैगरि दोस्रो स्थानमा रहेको जापानले १७ स्वर्णसहित ४ रजत र ७ कांस्य प्राप्त गरेको छ। जापानले कुल २८ पदक प्राप्त गरेको छ।
शुक्रवारको दिन अमेरिकालाई खासै उपल्धिमुलक रहेन । अमेरिकाले शुक्रवार आफ्नो पदक सङ्ख्यामा स्वर्ण पदक जोडन सकेको थिएन। अमेरिका १४ स्वर्ण, १७ रजत र ११ कांस्यसहित कुल ४२ पदक प्राप्त गरेको छ।
उता रुस जो रुस ओलम्पिक समितिको झण्डा लिएर मैदानमा ओर्लेको छ। उ १० स्वर्ण, १४ रजत र १० कांस्यसहित चौथो स्थानमा रहेको छ। अस्ट्रेलिया ९ स्वर्ण , २ रजत र११ कांस्यसहित पाँचौँ स्थानमा रहेको छ भने बेलायत ७ स्वर्ण, ९ रजत र ९ कांस्यसित छैटौँ स्थानमा रहेको छ।
सातौँ स्थानमा दक्षिण कोरिया ५ स्वर्ण, ४ रजत र ६ कांस्य सहित रहेको छ भने नेदरल्याण्ड्स ३ स्वर्ण, ७ रजत र ५ कांस्य सहित आठौं स्थानमा रहेको छ। फ्रान्स र जर्मनी कर्मश ९औं र १०औं स्थानमा रहेका छन्। फ्रान्स र जर्मनी दुवैले तीन-तीन स्वर्ण हात पारेका छन्।
तीन स्वर्ण प्राप्त गरेकाहरूमा क्यानाडा, न्युजिल्याण्ड, चेक गणतन्त्र, क्रोएसिया रहेका छन्। १५औं स्थानमा रहेको इटलीले २ स्वर्ण हासिल गरेको छ।