arrow

नबिल बैङ्क र डिभी एक्सिलसबीच किसानहरूलाई कृषि कर्जा प्रदान गर्ने सहकार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १६ शनिबार
nabil-kehti-apps.jpg

काठमाडौँ। नबिल बैङ्क र डिभी एक्सिलसद्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरूको लागि कृषि साधन, रसायन, मशीनरी तथा अन्य आवश्यकताहरूलाई खरिद गर्नको लागी सहज वित्तीय पहुँचको प्रदान गर्न सहकार्य गरेको छ।

यस रणनीतिक साझेदारी अन्तर्गत किसानहरूलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान गर्न नबिल प्रमुख बैङ्कको रूपमा अगाडी बढेको छ। यसै गरी, किसानहरूले डिभी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्च्तित्ताबाट लाभ लिन सक्ने बैङ्कले जनाएको छ।

अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत, नबिल बैङ्क र देवेश प्रधान, निर्देशक, डिभी एक्सिलसले यस सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। उक्त कार्यक्रममा नबिल बैङ्कका तर्फबाट सुजित कुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत र नीरज बस्नेत (डनिल), प्रमुख –एसएमई तथा लघुवित्तको उपस्थिति रहेको थियो। साथै डिभी एक्सिलसको तर्फबाट किरण नायर, मुख्य सञ्चालन अधिकृत तथा सुभाष भट्टराई, मुख्य प्रविधि अधिकृतको उपस्थिति रहेको थियो।

साझेदारीको बारेमा बोल्दै, नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, "नबिल बैङ्कले सदैव दिगो बैङ्किङ लाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्‍याउने विश्वास गर्दछ जुन नेपालको कुल ग्राहृश्थ उत्पादनको प्रमुख योगदान गर्ने क्षेत्र हो।

हामी डिभी एक्सिलससँगको यस सहकार्यद्वारा कृषकहरूको आवश्यकता अनुसार कृषि कर्जा प्रदान गरी उनीहरूको उत्पादन क्षमता वृद्धि गरी देशको आर्थिक विकासमा योगदान पुर्‍याउँदै समाजमा स्वास्थ्य र स्वच्छ तथा अर्ग्यानिक उत्पादनको पहुँच पुर्‍याउने अभियानमा सहकार्य गर्न पाउँदा उत्साहित छौँ।"

यस साझेदारीसँगै, नबिल बैङ्कले कृषि क्षेत्रमा प्राविधिक ज्ञानको साथ व्यवसाय विकास कार्यक्रमको मिश्रण गरी कृषकलाई गुणात्मक कृषि सरसँधानको सहज उपलब्धता र सहज वित्तीय पहुँच मार्फत परम्परागत वित्तीय लगानी  प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको बैङ्कले जनाएको छ।

बैङ्किङ क्षेत्रमा कृषि कर्ताको भिन्न प्रयोग गरी कृषकहरूलाई उचित वित्तीय अवसर प्रदान गर्दै उनीहरूको सफल कृषि उत्पादक बन्ने यात्रामा प्रमुख सहयोगी हुन पाउँदा नबिल बैङ्क गर्व गर्दछ।

यस सहकार्य खेती एप्स्को माध्यमबाट कृषकहरूलाई डिजिटल कर्जा प्रदान गरिनेछ। खेती एप्स्मा दर्ता भएका कृषकहरूले एप्सबाट नबिल बैङ्कमा कृषि कर्जा आवेदन गर्न सक्नेछन्।

त्यस्तै, यस सहकार्यको बारेमा बोल्दै डिभी एक्सिलसका निर्देशक देवेश प्रधानले भने, "यस सहकार्यको माध्यमबाट डिभी एक्सिलस सक्रिय रूपबाट आफ्नो खेती एप्स्को माध्यमबाट नेपाली किसानहरूलाई सहज डिजिटल कर्जा प्रदान गर्ने काम गरिरहेको छ। यस सहकार्यको मुख्य उद्देश्य सरल डिजिटल प्रक्रियाको माध्यमबाट नेपालको किसानहरूलाई सहजै वित्तीय पहुँच प्रदान गर्नु हो, जसले साना कृषकहरूलाई नवीनतम टेक्नोलोजी, उपकरण, मशीनरी, प्रविधि र सर सधानको प्रवाहलाई प्रोत्साहित गर्दछ। 

नबिल बैङ्कको बारेमा
आफ्नो देशभर १३५ वटा शाखा कार्यालय हरू, १८३ एटिएम, ५ विस्तारित काउन्टर र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरू सहित विभिन्न देशमा रहेका एजेन्टहरूको बृहत् सञ्जाल मार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ। एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैङ्किङ प्रणालीको साथ ३७ वर्षको बैङ्किङ अनुभवको साथ, बैङ्कको ग्राहकहरूलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित  बैङ्कको रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ