arrow

एमडीको स्वार्थले नेपाल टेलिकम संकटमा, १२ दिनदेखि केन्द्रीय कार्यालयमा आन्दोलन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १८ सोमबार
nepal telecom11.jpg

काठमाडौं। देशकै ठूलो दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकममा निरन्तर १२ दिनयता कर्मचारीहरुको आन्दोलन चलिरहेको छ ।

सरकारी स्वामित्वको कम्पनीको नयाँ कर्मचारी विनियमावलीमा तल्लो तहका कर्मचारीहरुको अधिकार कटौती भएको छ । नयाँ विनियमावलीमा आफुहरुको सेवा सुविधा र वृत्ति विकास रोकिएको कर्मचारीहरुको आरोप छ । 

यसको विरोध गर्दे विनियमावली संशोधन हुनुपर्ने माग कर्मचारीहरुले राखेका छन् । कर्मचारीहरुको माग अनुसार २०७६ साल ४ महिना १५ गते नै सम्झौता भएको थियो । तर, उक्त सम्भौता लामो समयसम्म कार्यान्वयन नभएपछि कर्मचारीहरु आन्दोलित बनेका हुन् ।

गत सातादेखि नै धर्नासहित विरोध कार्यक्रममा रहेका कर्मचारी, सञ्चालक समिति सदस्य अम्बिका पौडेल र सञ्चारमन्त्रालयका दुई उपसचिवबीच शनिबार र आइतबार वार्ता समेत भएको छ ।t

तर, सम्झौता कार्यान्वयनका लागि वार्ता भए पनि कार्यान्वयनको कुनै संकेत नदेखिएपछि आज अर्थात सोमबार पनि कर्मचारीहरूले धर्ना जारी राखेका छन् ।

खासगरी टेलिकमका प्रबन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारीको स्वार्थमा विनियामवली संशोधन प्रक्रिया अघि नबढिरहेको कर्मचारीहरुको आरोप छ । 

नयाँ विनियमावलीले कार्याकाल पूरा गरिसकेपछि पनि प्रवन्ध निर्देशकलाई अवकासको साट्टो तल्लो तहमा आएर काम गर्न दिन्छ । यसो हुँदा तल्लो तहका कर्मचारीहरुको वृति विकास हुन पाउँदैन । यसै बिषयलाई लिएर कर्मचारीहरु निरन्तर आन्दोलनमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ