arrow

महन्थ समूहको रिट ‘हेर्न नभ्याइने’ मा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १८ सोमबार
mahantha-mahato.jpg

काठमाडौँ । जसपा विवादबारे निर्वाचन आयोगले गरेको छिनोफानोमा असहमति राख्दै सर्वोच्च अदालत पुगेको महन्थ ठाकुर पक्षको रिट सर्वोच्च अदालतले सोमवार पनि ‘हेर्न नभ्याइने’ मा राखेको छ ।
 
निर्वाचन आयोगले गत ११ साउनमा उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएको थियो । आयोगको सो निर्णय विरुद्ध ठाकुर पक्ष सर्वोच्च गएको थियो । 

सो पक्षले दायर गरेको रिट निवेदनमाथि सोमबारका लागि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिए पनि सुनुवाइ हुन नसकेपछि सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ