arrow

सिप्रदी र एनएमबि बैङ्कबीच सम्झौता

नेक्सन इभीका लागि सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १८ सोमबार
sipradi-nmb-bank-mou.jpg

काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र एनएमबि बैङ्क लिमिटेडबीच सम्झौता भएको छ। अब टाटा मोटर्सको इलेक्ट्रीक भेहिकल नेक्सन इभी खरिद गर्न चाहने खरिदकर्ताले एनएमबि बैङ्क लिमिटेडको नेपालभरीका शाखाहरू मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन्।

उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन इभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरूले शून्य प्रतिशत प्रिमियम सहित बैङ्कको बेस रेट ब्याजदरमा एनएमबि बैङ्क लिमिटेडको नेपालभरीका शाखाहरू मार्फत कर्जा प्राप्त गर्न सक्नेछन्। यस अन्तर्गत बैङ्कले २४ कार्य घण्टाभित्र ८० प्रतिशत सम्म फाइनान्सको सुविधा उपलब्ध गराउनेछ।

टाटा मोटर्सको नेक्सन इभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरूका लागि एनएमबि बैङ्क लिमिटेडको सहुलियतपूर्ण कर्जा,
बैङ्कको बेस रेट ब्याजदरमा नेपालभरीका शाखाबाट कर्जा उपलब्ध,
८० प्रतिशतसम्मको फाइनान्स सुविधा,
२४ घण्टा भित्र कर्जा प्रवाह ।

उक्त सम्झौता पत्रमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकल बीजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र एनएमबि बैङ्क लिमिटेडका तर्फबाट व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले एक कार्यक्रमबिच हस्ताक्षर गरेका थिए। टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरूलाई सहज रूपले नेपाल राष्ट्र बैङ्कको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो।

नेपाल राष्ट्र बैङ्कद्वारा बैङ्क तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन, परिपत्र तथा बैङ्कको नीति अनुसार ग्राहकहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइन कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ