arrow

वरिष्ठ उपाध्यक्ष ढकाललाई जोडेर आएको समाचारप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
fncci-building-123.jpeg
फाइल तस्बिर

काठमाडौँ। सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसँग नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा आएका समाचारप्रति महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल धितो पत्र बोर्डमा महासङ्घको तर्फबाट प्रतिनिधिको रूपमा सञ्चालक रहने व्यवस्था अनुसार महासङ्घले वरिष्ठ उपाध्यक्ष ढकाललाई २०७७ साल मङ्सिर ३० गते नेपाल धितो पत्र बोर्डको प्रतिनिधि तोकेको र उनको बोर्ड बैठकमा माघ ११ देखि मात्र उपस्थिति रहेको महासङ्घले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।

महासङ्घले विज्ञप्ति जारी गरी समाचारप्रति आपत्ति जनाउँदै भनेको छ, ‘उहाँसँग उहाँका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितो पत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै (ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनु पूर्व तथा धितो पत्र बोर्डमा सञ्चालकको रूपमा उपस्थित हुनुभन्दा झन्डै दुई महिना अगाडि मिति २०७७–०८–१४ मा) गरिएको शेयर कारोबारको विषयलाई जोडेर आएका भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भीर आँच पुर्‍याउने हुँदा सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण हुन महासङ्घ आग्रह समेत गर्दछ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ