- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । धनुषामा गए राति डकैती भएको छ । धनुषाको धनुषा धाम नगरपालिका वडा नम्बर ८ कुम्हरा टोल बस्ने ५५ वर्षीय विजय बनरैत यादवको घरमा डकैती भएको हो । १७-१८ जनाको सङ्ख्यामा मुख छोपेर आएको डाँकाहरूको समूहले यादवको कन्चटमा पेस्तोल तेर्साएर लुटपाट गरेका हुन् ।
घरमा लुटपाटको क्रममा डाँका समूहले यादवको कान्छो छोरा १६ वर्षीय अनिल यादव, ज्वाइँ ३० वर्षीय मञ्जु यादव र छोरी २६ वर्षीया कामनी यादवलाई कुटपिट समेत गरेका छन् ।
डाँकाले यादवको छोरी २५ वर्षीया कामनीलाई रड प्रहार गरेर टाउको फुटाइ दिएका छन् भने ज्वाइँ मञ्जयलाई रडले कुटेका छन् । उनीहरूको स्थानीय स्तरमा उपचार गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिए ।
राति करिब १-२ बजेको समयमा हातहतियारसहित आएको डाँकाले यादवको घरबाट २ तोला सुन, ६० तोला चाँदीको कारा र ३ थान मोबाइल सेट लुटेर लगेको पीडित यादवले बताए।
दर्जनौँको सङ्ख्यामा हतियार सहित डाँकाहरू देखेपछि स्थानीयहरू प्रतिकार गर्न डराएका थिए । यता डकैती भएको घरमा बिहान मात्रै इलाका प्रहरी कार्यालय ढल्केवर पुगेको थियो । टोलीले डाँका समूहको खोजी गरिरहेको छ।