arrow

चिकित्सा शिक्षा आयोगमा एमबिबिएसका विद्यार्थी आन्दोलित, सुटुक्क बाहिरिए आयोगका उपाध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
mbbs protest china student.jpg

काठमाडौं । चिकित्सा शिक्षा आयोगले विदेशमा एमबिबिएसएस पढेर आएका विद्यार्थीहरुलाई नेपालमा इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन सकेको छैन् । आयोग मात्रै हैन्, यो बिषयमा शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले समेत ध्यान दिन सकेको छैन् ।

खासगरी चीनमा एमबिबिएस पढेर आएका दजर्नाैं विद्यार्थीहरु अहिले इन्टर्नसिप गर्न नपाउँदा समस्यामा परेका छन् । चीन सरकारले अनुमति नदिँदा त्यहाँका युनिभर्सीटीहरुले विद्यार्थीहरुलाई फिर्ता बोलाएका छैनन् ।

पढाइ सक्काएर अब, इन्टर्नसिप अर्थात अस्पतालमा व्यावहारिक सिकाइका लागि विद्यार्थीहरुलाई कुनै ढोका खुल्न सकेको छैन् ।

आफुहरुका लागि इन्टर्नसिपको व्यवस्था गरिदिन माग गर्दै विद्यार्थीहरुले मंगलबारदेखि धर्नासहितको विरोध आन्दोलन सुरु गरेका छन् ।

मंगलबार ३० भन्दा बढी विद्यार्थीहरु चिकित्सा शिक्षा आयोग पुगेर धर्नासहित आफ्ना माग सुनिदिन आग्रह गरेका छन् ।

यद्यपि, आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरी भने आफुसँग समय नभएको भन्दै त्यहाँबाट बाहिरिएकाे विद्यार्थीहरूले बताएका छन् । उपाध्यक्ष प्रा.डा. गिरी सुटुक्क बाहिरिएपछि आफुहरुको माग नै नसुनिदिएको भन्दै आयोगसँग विद्यार्थीहरु आन्दोलित भएका छन् ।

इन्टर्नसिपको व्यवस्था नभएसम्म आफुहरु निरन्तर धर्ना सहित आन्दोलनमा जाने चेतावनी उनीहरुले दिएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ