arrow

गृहमन्त्रीलाई गगन थापाको प्रश्न - धामी प्रकरणमा भारतीय पक्षले आफ्नो संलग्नता नरहेको भनेको हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
gagan-thapa-parliament.JPG

काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगन थापाले दार्चुलाको तुइन प्रकरणमा गृहमन्त्री बालकृष्ण खाँडलाई भारतीय पक्षको संलग्नताबारे प्रश्न गरेका छन् । सांसद थापाले मङ्गलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै ‘भारतीय पक्षले आधिकारिक रूपमा तुइन प्रकरणमा आफ्नो संलग्नता नरहेको भनेको हो ?’ भन्दै गृहमन्त्री खाँडसँग प्रश्न गरेका हुन् । 

‘जयसिंह धामीको घटनामा भारतीय पक्षले भारतीय सीमा सुरक्षा बलको कुनै संलग्नता नरहेको जिकिर गर्‍यो भन्ने मिडियामा आएको छ सत्य के हो ?’ थापाले प्रश्न गर्दै भने,‘भारतीय पक्षले आधिकारिक रूपमा आफ्नो संलग्नता नरहेको भनेको हो ? यदि यस्तो हो भने छानबिन समितिलाई भारतीय पक्षले कस्तो सहयोग गर्ला ?’

गत साउन १५ मा तुइन तर्ने क्रममा दार्चुलास्थित व्यास २ का ३३ वर्षीय धामी महाकाली नदीमा खसेर बेपत्ता भएका छन् । हालसम्म पनि उनको अवस्था अज्ञात छ । भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काट्दा उनी महाकालीमा खसेर बेपत्ता भएको निवेदन प्रहरीमा परेको छ ।

सो घटनाको छानबिनका लागि गृह मन्त्रालयले भने सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएको छ । हाल समितिले घटनाका प्रत्यक्षदर्शीहरूसँग समेत छलफल गरिरहेको छ । 

सो बारेमा समेत थापाले गृहमन्त्रीलाई प्रश्न गरेका छन् । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले सत्य तथ्य पत्ता लगाएर ल्याउँछ भन्ने कुराको विश्वास गृहमन्त्रीले सांसदहरूलाई कसरी दिलाउने भन्ने थापाले खाँडसँग सोधका छन् ।

भिडियो :

 



नयाँ