arrow

यो यो हनी सिंहमाथि घरेलु हिंसाको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २० बुधबार
honey-singh-shalini-talwar.JPG
हनी सिंह र उनकी पत्नी शालिनी ।

काठमाडौं । र्यापर गायक ‘यो यो हनी सिंह...’ हृदेश सिंहमाथि घरेलु हिंसाको आरोप लागेको छ । उनीमाथि उनकी पत्नी शालिनी तलवारले घरेलु हिंसाको मामिला दर्ता गरेकी हुन् । 

शालिनीले दिल्लीको तीस हजारी अदालतमा केस दर्ता गराएकी हुन् । उनले घरेलु हिंसाले महिलाको सुरक्षा अधिनियमको मामिलामा मुद्दा दर्ता गरेकी हुन् । 

शालिनीले उनीमाथि शारीरिक र मानसिक हिंसाको आरोप लगाएकी हुन् । 

यो घटनालाई मंगलबार अगष्ट ३ तारिखमै मुख्य मेट्रोपोलिटन मेजिस्ट्रेट तानिस सिंहको इजलासले हेरेको थियो । 

हनी सिंहलाई अदालतले २८ अगष्टसम्म जवाफ दिनका लागि आदेश दिएको छ । अदालतले शालिनीको पक्षमा अन्तरिम आदेश पनि पारित गरेको छ । जसमा हनी सिंहलाई पत्नीसँग संयुक्त स्वामित्वको सम्पत्तिमाथि पनि रोक लगाएको छ । 

हनी सिंह र शालिनीबीच सन् २०११ मा विवाह भएको थियो । सन् २०१४ मा हनीले रियालिटी शो इन्डियाज रकस्टारको एक श्रृंखलामा आफ्नी पत्नीलाई भेट गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ