arrow

माधव पक्षको बैठक : भीम रावल गए, योगेश र सुरेन्द्र गएनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
madhav-kumar-nepal-makune-uml.jpg

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठक जारी छ । बैठकले आफ्नो समूहको अबको रणनीति तय गर्ने बताइएको छ ।  बैठकमा नेता भीम रावल पनि सहभागी छन् । तर नेपाल समूहकै मानिएका नेताहरू योगेश भट्टराई र सुरेन्द्र पाण्डे भने सहभागी भएका छैनन् । 

बैठकमा पहिले केपी ओली पक्षमा रहेका प्रेम आले पनि सहभागी भएका छन् । उनी ओली प्रधानमन्त्री हुँदा वन मन्त्री थिए । तर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिँदा उनी नेपाल पक्षमा खुलेर देउवालाई मत दिएका थिए । 

नेता नेपालले आजको बैठक आफू पक्षीय नेताहरूको राय बुझ्नका लागि बोलाएका हुन् । नेपाल पक्ष भित्र सरकारमा जाने की पार्टी एकताका पक्षमा जाने भन्नेमा अलमल छ । 

प्रधानमन्त्रीमा देउवाका पक्षमा विश्वासको मत दिन उभिएकाहरू सरकारमा सहभागी हुनु पर्ने पक्षमा छन् । तर विश्वासको मत दिन नगएकाहरू भने पार्टी एकताका पक्षमा उभिदैं आइरहेका छन् । देउवालाई एमालेका २२ सांसदले प्रधानमन्त्रीमा विश्वासको मत दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ