- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । सर्लाहीको लाल बन्दीमा शुक्रवार दिउँसो पीकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ भने २५ जना भन्दा बढी घाइते भएका छन् । फुटबल खेल्नका लागि खेलाडी बोकेर परवानिपुरतर्फ हिँडेको प्रदेश-२-०३००१ च ०८४६ नम्बरको पीकअप भ्यान लालबन्दी नगरपालिका-६, स्थित फुटबल चौर अगाडि दुर्घटनामा परेको हो ।
शुक्रवार दिउँसो पौने ४ बजेतिर दुर्घटनामा लालबन्दी नगरपालिका-९, बस्तीपुरका १७ वर्षीय प्रह्लाद दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।
दाहालको उपचारका क्रममा नमुना अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अन्य ६ जनालाई थप उपचारका लागि वीरगन्ज र भरतपुर रेफर गरिएको प्रहरी निरीक्षक थापाले बताए ।
सामान्य घाइते २२ जनाको लालबन्दीको गढीमाई र मोडेल अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको सबैको अवस्था सामान्य रहेको र धमाधम डिस्चार्ज भइरहेका प्रहरी निरीक्षक थापाले बताए । दुर्घटनापछि पीकअपका चालक फरार छन् ।
दुर्घटना लगत्तै प्रहरी र आफूहरू मिलेर घाइतेहरूको उद्धार गरेको लालबन्दी नगरपालिका-९, का वडाध्यक्ष गोपाल प्रसाद घिमिरेले जानकारी दिए ।