arrow

एमडीविरुद्ध नेपाल टेलिकमका सातै प्रदेश निर्देशनालयबाट चर्कियो आन्दोलन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
nepal telecom.jpg

काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरु निरन्तर २० दिनदेखि विरोध प्रदर्शनमा रहेका छन् । कर्मचारी विनियमावली संशोधनका लागि भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै कर्मचारीहरुले विरोध प्रदर्शन गरिरहेका हुन् ।

तर, करिब तीन साता लामो विरोध जारी रहँदा समेत टेलिकमका प्रबन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारीले भने कुनै सकारात्मक संकेत नदेखाएकाे कर्मचारीकाे गुनासाे छ ।

विरोध एवं धर्ना सुरु भएदेखि नै उनी कार्यालय प्रवेश गरेका छैनन् भने, कर्मचारीको माग पूरा गर्न समेत तयार नभएको आरोप उनीमाथि छ।

तर, आफ्ना माग जुनसुकै हालतमा पूरा हुनुपर्ने भन्दै कर्मचारीहरुले केन्द्रीय कार्यालयसँगै सातै प्रदेश निर्देशनालयमा विराेध सुरू गरेका छन् ।

२० औं दिनको विरोधमा कर्मचारीहरुले सातै प्रदेशका प्रादेशिक निर्देशनालयमा निर्देशकलाई एक घन्टा धर्ना कार्यक्रमसहित  विराेध गरेका हुन्।

यस्तै काठमाडौंको बबरमहल , सुन्धारा ,पाटन र छाउनी कार्यालयमा आम कर्मचारीहरुलाई आन्दोलनको बारेमा जागरण अभियान समेत चलाइएको कर्मचारीहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ