arrow

वृषको समय राम्रो रहेको बेला यस्तो हुनेछ समग्रमा सोमबार

logo
ज्यो. हरि पन्त
प्रकाशित २०७८ साउन २५ सोमबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

आज मिति २०७८ श्रावण २५ गते सोमबार, इस्वीसंवत अगष्ट ९ तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणशुक्लपक्षको प्रतिपदा तिथि रहनेछ । आज अश्लेषा नक्षत्र, विष्कुम्भादि योगमा वरियान, करणमा किंष्तुध्न, आनन्दादि योगमा सौम्य रहनेछ ।

सूर्य कर्कट राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान ३३ घटि ०४ पला अर्थात् १३ घण्टा ४८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ३१ मिनेटमा मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठिक ६ः४५ बजे हुनेछ । 

आजको राशिफल

मेषः आज समय मध्यम रहनेछ । व्यापार व्यवसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरू अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादीहरू हाबी हुनाले कामहरू समयमा सम्पन्न हुँदैनन् । 

वृषः समय शुभ छ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरू प्राप्तिको गतिलो योग रहेको छ । लामो समयदेखि भेट नभएका मित्रहरूसँग आज भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ । 

मिथुनः समय त्यत्ति शुभ छैन । आत्मीय मित्रका सहयोग नपाउँदा थालेका कामहरू बिचमा छोड्नुपर्ने हुन सक्छ । व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ । 

कर्कटः समय निकै महत्त्वपूर्ण छ । आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरू गर्न शरीरमा ऊर्जा पैदा हुनेछ । प्रतिस्पर्धीलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेको छ भने थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ । 

सिंहः समय खराब छ । विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला नतिजा राम्रो आउने छैन । व्यापार व्यवसायमा गरिएको लगानीबाट नाफा कमाउन निकै नै सङ्घर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न बढी नै समय दिनुपर्ने देखिन्छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । 

कन्याः समय राम्रै छ । विभिन्न अवसरहरू आउने देखिन्छ । पढाई लेखाइमा सोचे जस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरू प्रसन्न हुनेछन् । छोटो तथा रमाइलो यात्राको अधिक सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुनाले घर परिवारमा खुसीयाली छाउनेछ ।

तुलाः समय मध्यम खालको छ । दाजुभाइ तथा छिमेकीसँग रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुन सक्छ । अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ, ध्यान दिनुहोला ।

वृश्चिकः समय उपयुक्त छैन । साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झैँ झमेला आइलाग्न सक्छ । मान सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ । आम्दानी गर्न मुस्किल पर्नेछ ।

धनुः समय राम्रो छैन । विद्यामा अरू भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । यात्रामा सतर्क हुनुहोला ।

मकरः स्वास्थ्य भरपर्दो रहनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । भौतिक वस्तुबाट लाभ पाइनेछ । 

कुम्भः दिन तथा समय राम्रा छन् । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरू बन्नेछन् । आज नयाँ काम पाउने योग रहेको छ ।

मीनः समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाइ तथा छिमेकीसँग अनावश्यक विवाद हुन सक्छ । पढाई लेखाइमा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

साइतः आज सूर्य कर्कट र चन्द्रमा कर्कट राशिमा छन् । त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात् उत्तर पश्चिम र ईशान अर्थात् उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ५ः२७ बजेदेखि         ७ः०७ बजेसम्म          उद्धेग बेला

बिहान ७ः०७ बजेदेखि         ८ः४८ बजेसम्म         चर बेला

बिहान ८ः४८ बजेदेखि         १०ः२९ बजेसम्म         लाभ बेला

बिहान १०ः२९ बजेदेखि        १२ः१० बजेसम्म        अमृत बेला

बिहान १२ः१० बजेदेखि        १ः५० बजेसम्म         काल बेला

दिनमा १ः५० बजेदेखि         ३ः३१ बजेसम्म         शुभ बेला

दिनमा ३ः३१ बजेदेखि         ५ः१२ बजेसम्म         रोग बेला

दिउँसो ५ः१२ बजेदेखि        ६ः५३ बजेसम्म         उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ