arrow

सीले गरे अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

logo
सिन्ह्वा,
प्रकाशित २०७८ साउन २५ सोमबार
xi-marx.jpg

बेइजिङ । कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले विश्वका देशहरुलाई यो खोप एकआपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न अपिल गरेका हुन् । 

अहिले पनि कोरोना भाइरस विश्वका देशमा प्रमुख चुनौतीकैरुपमा देखिएको र यसको निराकरणका लागि आवश्यक सहयोग गर्नुपर्नेमा उनले जोड दिए । 

राष्ट्रपति सी चिनफिङले भनेका छन्, “अहिलेको विश्वमा पनि कोरोना महामारी सबैको एक चुनौतीका रुपमा रहेको छ र यसका कारणबाट हुनसक्ने क्षतिको आँकलन अझै असम्भव भएकोतर्फ सबैको ध्यान जानुपर्ने छ ।” 
 
अहिले पनि विश्व यो महामारीसँग संघर्ष गरिरहेको र कोरोना महामारीको नियन्त्रणका लागि अहिले देखिएको एकमात्र उपाय भनेको नै खोप भएकाले विश्वले एकआपसमा सहयोगका साथमा अघि बढ्नुपर्ने उनको भनाइ छ । 

राष्ट्रपति चिनफिङले हालसम्म चीनले विश्वका कम्तीमा पनि एक सय देशलाई खोप अनुदान दिएको जानकारी पनि दिएका छन्।
 
साथै चीनले हालसम्म विश्वका करिब ६० देशमा खोपको निर्यात गरिरहेको जानकारी पनि गराएका छन् । हाल तेस्रो विश्वका कतिपय देशहरुमा खोपको खाँचो महसुस भइरहेकाले सबैले यसको मात्रा प्राप्त गर्न पाउन् भनेर सबै मिलेर आपसमा सहयोग गर्नुपर्ने उनको भनाई छ । 

उता चीनले हालैमात्र यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोनाविरुद्धको खोप सहयोग दिने भएको जनाएको थियो । 

चीनले यसै वर्षको अन्तिमसम्ममा कोभ्याक्स कार्यक्रममा एक करोड अमेरिकी डलर सहयोग गर्ने पनि बताएको छ । 

राष्ट्रपति चिनफिङले यो कुरा बताएका थिए । उनले यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशहरुलाई कम्तीमा पनि दुई अर्ब डोज खोप दिने हालैमा बताएका थिए ।  

राष्ट्रपति चिनफिङले आगामी दिनमा कोभिडविरुद्धको खोपको खाँचो हुने धेरै देश हुने भएकाले ती देशलाई यो खोप उपलब्ध गराउने बताउनुभएको हो । 

कोभिड-१९ को-अपरेशन फोरमको हालै सम्पन्न भएको सो बैठकमा राष्ट्रपति सी चिनफिङले यो सन्देश दिएका थिए । 

राष्ट्रपति चिनफिङले कोभ्याक्सअन्तर्गत दिइएको एक करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगबाट किनिएको खोप विश्वका विकासशील देशहरुका लागि उपलब्ध गराइने जानकारी पनि दिए । 

राष्ट्रपति चिनफिङले चीनले कोभिड-१९ का विरुद्धमा विश्व समुदायलाई एकीकृत गरी खोप तथा अन्य आवश्यक सहयोग जुटाउन चीनले भूमिका निर्वाह गर्ने पनि जानकारी दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ