arrow

राष्ट्रपतिसँगको भेटबारे भीम रावलले दिए स्पष्टीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
bhim-rawal.jpg

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर पार्टी विवादमा मध्यस्थता गरिदिन आग्रह नगरेको बताएका छन् ।

शनिबार साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग झन्डै तीन घण्टा भेटवार्ताका क्रममा एमाले विवाद समाधानका लागि मध्यस्थता गरिदिन आग्रह गरेको भनेर समाचारहरु आएपछि रावलले स्पष्टीकरण दिएका हुन् ।

बरिष्ठ नेता माधवकुमार नेपालसँग टाढिंदै गएको भनिएका रावलले शनिबार अपराह्न ५ बजेर १० मिनेटदेखि साँझ ७ बजेर ४० मिनेटसम्म भेटवार्ता भएको थियो ।

उनले सामाजिक संजालमा लेखेका छन्,‘राष्ट्रपतिसंगको भेटघाटमा मैंले नेकपा (एमाले)को समस्यामा मध्यस्थता गरिदिन आग्रह गरेको भन्ने समाचार मनगढन्त र भ्रामक हो।राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न मिल्दैन।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ