arrow

माधव नेपालको अडान: शीर निहुराएर सम्झौता गरिन्न, कसैको टाङमुनि छिर्नेवाला छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
madhav-kumar-nepal-media-brief.jpg

काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुले कसैसँग शीर निहुराएर सम्झौता नगर्ने बताएका छन् ।

उनले केपी ओलीतर्फ सङ्केत गर्दै कसैको टाङमुनि नछिर्ने र नझुक्ने अडान राखेका हुन् । मंगलबार नयाँ बानेश्वरमा अनेरास्ववियुले गरेको एक विद्यार्थी सम्मान कार्यक्रममा ओलीको टाङमुनि नछिर्ने बताएका हुन् ।

उनले भने,‘हामी ओलीको टाङमुनि छिर्नेवाला छैर्नौं, अध्याँरो सुरुङमा जानेवाला छैनौं, दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरुलाई चूनौति दिईनेछ । तिनीहरुलाई माथ गरेर नै अगाडि बढिनेछ’ उनले अगाडी भने, ‘त्यसो हुनाले यस धर्तीमा साहसी र बहादुर व्यक्तिहरुको मात्रै कदर हुन्छ । कायर र डरपोकहरुको कसैले पनि, र कुनैपनि चर्चा हुँदैन् । दम्भी र घमण्डी नबनेर विनम्र भएर जायज र नाजायज कुराको विश्लेषण गरेर शक्ति र न्यायको बाटोमा निरन्तर अघि बढ्नुपर्छ ।’

नेता नेपालले कर्णालीमा प्रदेशसभा सदस्य पद गुमेका आफूपक्षीय नेताहरुलाई फेरि जिताएर ल्याउने दावी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ