काेराेना संक्रमण भयावह : करिब ५ हजार नयाँ संक्रमित थपिए, ३५ जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
359
Shares
काठमाडौं। पछिल्लो २४ घण्टामा मात्रै थप ४ हजार ९ सय ४ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख २० हजार ६ सय ८० जनामा र एन्टिजेन विधिबाट ७१ हजार २ सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १ सय १५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७३ हजार १ सय ९८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १ हजार १ सय ५० पुगेको छ।
पछिल्लो २४ घण्टामा १९ हजार १ सय २३ जनाको नमुना परीक्षण गरिएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ३ सय ३३ रहेको छ ।
हाल ७ सय ६१ जनाको आईसीयु र १ सय ७६ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।