arrow

बागलुङमा पनि कडा लकडाउन, सबै सेवा पूर्ण बन्द रहने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
baglung-final.jpg

बागलुङ । बागलुङमा साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडा लकडाउन घोषणा भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बागलुङको बैठकले कोरोना महामारी नियन्त्रणका लागि कडा लकडाउन गर्ने निर्णय गरेको हो ।

बागलुङ नगर क्षेत्रमा नयाँ नयाँ लक्षण सहित कोरोना संक्रमित तीब्र रुपमा बढेको बन्दै बागलुङ नगरपालिकाले सोमबार लकडाउन गर्नका लागि कोभिड संकट व्यवस्थापन केन्द्रलाई सिफारीस गरेको थियो । त्यही सिफारीसको आधारमा केन्द्रको बैठकले अत्यावश्यक बाहेक सबै सेवा पूर्ण बन्द रहने गरी लकडाउनमा कडाई गरेको हो ।

साउन २९ गते बिहान ५ बजेबाट भदौ ५ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द रहने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिए ।

विगतमा लकडाउनको समयमा खुलेका सरकारी तथा गैरसरकारी कार्यालय, बैठक तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरु सार्वजनिक तथा निजी यातायात सबै बन्द रहनेछन् ।

अत्यावश्यक सेवामा लागि सवारी साधन सञ्चालन हुनेछन् । कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले खाद्यान्न पसलहरु पनि आइतबार, बुधबार र शुक्रबार हप्ताको तीन दिन मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

लोकसेवा तथा त्रिभुवन विश्वविद्यालयका परीक्षाका लागि समन्वय गरी सञ्चालन गर्न दिने र औषधिजन्य पसल सञ्चालनमा रोक नलगाउने बताइएको छ । 

मंगलबार सार्वजनिक अन्तिम तथ्यांक अनुसार बागलुङमा सक्रिय संक्रमितको संख्या ७१० जना रहेको छ । यो जिल्लामा हालसम्म ६७ सय ४९ जना संक्रमित भएर ५९ सय ६४ जना निको भएका छन् । बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ