- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनमत र बिधिको शासनको उपहास गर्दा बालुवाटारबाट केपी ओली बालकोट पुगेको कुराबाट सबैले पाठ सिक्नु पर्ने बताएका छन् ।
जनताले दिएको म्यान्डेटको अपमान गरेर म नै विधि, म नै कानुन, मैले जे गरेपनि हुन्छ भन्ने सोचले ओलीको वर्हिगमन भएको भन्दै संविधान र कानुन भन्दा माथि कोही पनि नहुने बताएका हुन् ।
बुधबार भक्तपुरको मध्यपुर नगरपालिका वडा नम्बर ३ को को नव निर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै नेता सिंहले ओलीमा बढेको अहमताले मुलुकको राष्ट्रिय राजनीति फरक किसिमले अघि बढेको बताए । ओलीमा भनाइ र गराइमा फरक रहेको उनको भनाइ थियो ।
आफ्नो शासन कालमा के कति भ्रष्टाचारकाका समाचार आए भन्ने कुरा ख्याल गर्न समेत आग्रह गर्दै सिंहले म नै सबथोक मैंले बोलेपछि, मैंले भनेपछि किन नहुने भनेकै कारण झन्डै दुई तिहाईको सरकार बालुवाटारबाट बालकोट पुगेको कुराबाट सबैले पाठ सिक्नुपर्ने बताए ।
समयको माग जनचाहना अनुरुप विधि प्रक्रियाबाट नचल्दाको परिणाम ओली सरकारको बर्हिगमन भएकाले यस कुरमा सबै राजनीतिक दल गम्भीर बनेर अघि बढ्नुपर्ने उनले सुझाव दिए ।
त्यस्तै उनले जनप्रतिनिधिहरु जनता र मुलुकप्रति उत्तरदायी हुनुपर्ने भन्दै जनप्रतिनिधिले गर्ने व्यवहारलाई नागरिकले उच्च महत्त्वका साथ हेरिरहेका हुनाले जनप्रतिनिधिको गतिविधिले जनताले राजनीतिकर्मीमाथिको धारणा बनाउने भएकाले अहिले जनतामा राजनीतिप्रति देखिएको बितृष्णालाई चिर्ने काम गर्नुपर्ने बताए