arrow

प्रदेश एक : ८ सय ८५ जनामा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २७ बुधबार
province-1-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टामा  प्रदेश नं  १ मा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा एक हजार ५४२ को पिसिआर परीक्षण गर्दा ४९१ र एक हजार ४८६  को एन्टिजेन परीक्षण गर्दा ३९४ मा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६ मध्ये विराटनगरमा ५५, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा नौ, तेह्रथुममा छ, उदयपुरमा तीन, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गा, सङ्खुवासभा, खोटाङ र भोजपुरमा एकएक र प्रदेश बाहिरका १८ मा संक्रमण देखिएको हो  सोही अवधिमा प्रदेशमा बुधवार ५४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

संक्रमणमुक्त हुनेमा २७२ महिला र २७० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार महिलासहित १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ