arrow

यस्ता व्यक्तिको घरमा आफै आउँछ सम्पत्ति, अपनाउनुस् यी बानी

logo
चाणक्य,
प्रकाशित २०७८ साउन २७ बुधबार
chanakya1.jpg

चाणक्य एक महान् विद्वान, दूरदर्शी हुनुका साथै योग्य शिक्षक थिए। आचार्य चाणक्यले विश्व प्रसिद्ध तक्षशिला विश्वविद्यालयबाट शिक्षा लिएका थिए । आचार्य चाणक्य कौटिल्य र विष्णु गुप्तका नामले पनि परिचित थिए। उनी बाल्यकालदेखि नै कुशाग्र बुद्धिमा धनी थिए ।

आचार्य चाणक्य कुशल र असाधारण प्रतिभाका धनी थिए। उनी विभिन्न विषयमा गहन ज्ञान राख्थे । उनले आचार्यको पदमा रहेर विद्यार्थीहरूलाई शिक्षा पनि दिए। यसैले उनले आफ्नो जीवनमा ज्ञानको महत्त्वलाई राम्ररी बुझेका थिए।  आफ्नो बुद्धि र नीतिको बलमा, उनले नन्द राजवंशको विनाश गरे र चन्द्र गुप्तलाई एक शासकको रूपमा स्थापित गरे । उनको जीवन सबैका लागि प्रेरणादायी छ । 

आचार्य चाणक्य एक महान् अर्थशास्त्री थिए। यससँगै उनीद्वारा लिखित नीतिशास्त्रको मार्गले व्यक्तिहरूलाई सही बाटो देखाउँछन्। आचार्य चाणक्यले यस्ता कामहरूको बारेमा बताएका छन् जसलाई गर्नले तपाईँको घरमा कुनै प्रकारको अभाव हुनेछैन । यस्तो घरमा सधैँ लक्ष्मीको कृपा रहनेछ। त्यसैले जान्नुहोस् चाणक्य नीति के भन्छन्।

जहाँ ज्ञानीको सम्मान हुन्छ
आचार्य चाणक्य भन्छन् जुन घरहरूमा ज्ञानीहरूलाई सम्मान गरिन्छ, त्यहाँ लक्ष्मी (सम्पत्ति) स्वयं आउँछिन्। ज्ञानी व्यक्ति तपाईँलाई सही बाटोमा हिँड्नको लागी सधैँ प्रेरित गर्दछन् । तपाई मूर्खहरूका कारण समस्याहरूबाट घेरिन सक्नुहुन्छ, त्यसैले भनिएको छ मूर्खहरूलाई हो भन्नुको सट्टा वा उनीहरूको प्रशंसा गर्नु भन्दा ज्ञानी व्यक्तिको निन्दा लाभदायक रहन्छ । मनुष्यले सधैँ ज्ञानी व्यक्तिको सङ्गत गर्नुपर्छ उनलाई राम्रो सम्मान गर्नु पर्छ।

अन्नको सम्मान
आचार्य चाणक्य भन्छन् जुन घरमा अन्नको भण्डारण उचित रूपले गरिन्छ र सधैँ अन्नको सम्मान गरिन्छ त्यहाँ कहिल्यै कुनै चीजको अभाव हुँदैन । त्यस्ता घरहरूको भण्डार सधैँ भरि रहन्छ त्यस्ता घरहरूमा लक्ष्मीको कृपा बर्सिन्छ । धार्मिक मान्यताका अनुसार, अन्नलाई ब्रह्माको रूप मानिएको छ, त्यसैले कहिले पनि अन्नको अत्यधिक उपभोग गर्नु हुँदैन। जो व्यक्ति अन्नको सम्मान गर्दैनन्, त्यसलाई नष्ट गर्दछन्, त्यहाँ कहिल्यै पनि माता लक्ष्मी र अन्ना पूर्णा बास हुँदैन । 

पति-पत्नी बिच समर्पण भाव
जुन घरमा श्रीमान् श्रीमती प्रेमपूर्वक रहन्छन् र एक अर्काको सम्मान गर्दछन्। जुन घरमा सधैँ शान्तिको माहौल रहन्छ, त्यहाँ माता लक्ष्मी स्वयं आउनुहुन्छ। यसको विपरीत, जुन घरहरूमा एक अर्काको सम्मान हुँदैन, श्रीमान् र श्रीमती सा सानो विषयमा झगडा भइरहन्छ, त्यहाँ दरिद्रताको बास हुन्छ । त्यसैले घर मा सधैँ शान्ति को वातावरण हुनुपर्छ । श्रीमान् श्रीमती एक अर्का समन्वय गरेर अघि बढ्नुपर्छ । 



नयाँ