arrow

नेपाल टेलिकमका प्रबन्ध निर्देशक २४ दिनदेखि कार्यालय बाहिर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २८ बिहिबार
nepal telecom.PNG

काठमाडौं। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकममा विगत २४ दिनदेखि आन्दोलन चर्किएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको विरोधमा कर्मचारीहरूले आन्दोलन जारी राखेका हुन् ।

आफ्नो स्वार्थका लागि कर्मचारी विनियमावली संशोधनका लागि पहल नचालेको भन्दै कर्मचारीहरूले प्रबन्ध निर्देशकविरुद्ध धर्ना एवं प्रवेश निषेध कार्यक्रम गरिरहेका छन् ।

यसबिच टेलिकमका कर्मचारीहरूले प्रबन्ध अधिकारीले कार्यभार सम्हालेका बेला कम्पनीको नाफा घटेको गुनासो समेत गरिरहेका छन् । प्रबन्ध निर्देशक अधिकारी भन्दा अघिल्ला निर्देशकको कार्यकालमा १७ अर्ब नाफामा रहेको कम्पनीको १० अर्ब नाफा गुमेर ७ अर्बमा झरेको कम्पनीका एक अधिकारीले बताए ।

यस्तै पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको पालामा १ अर्ब घाटा हुँदा तत्काल प्रबन्ध निर्देशक कामिनी राज भण्डारीलाई बर्खास्त गरेकोमा समेत कर्मचारीहरूले गुनासो गरेका छन् । अहिले टेलिकमको नाफा ह्वात्तै घट्दा समेत प्रबन्ध निर्देशकलाई निरन्तरता दिँदा संस्था धराशायी बन्न लागेको कर्मचारीहरूको भनाइ छ ।

टेलिकममा विगत २४ दिनदेखि जारी आन्दोलन आज पनि निरन्तर छ । प्रबन्ध निर्देशक अधिकारी २४ दिनदेखि कार्यकाल प्रवेश गरेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ