arrow

बैङ्क अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई सम्यक् डाइग्नोष्टिकमा १०% छुट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २९ शुक्रबार
BOK-samyak.jpg

काठमाडौं। बैङ्क अफ काठमाण्डु र सम्यक् डाइग्नोष्टिक प्रा. लि. बीच बैङ्कका ग्राहकहरूलाई प्याथोलोजी जाँचमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ। सम्यक् डाइग्नोष्टिक प्रा.ली. नेपालको अग्रणी प्याथोलोजी ल्याबका रूपमा स्थापित संस्था हो। 

बैङ्क अफ काठमाण्डुले आफ्ना ग्राहकहरूो स्वास्थ्यको ख्याल गर्दै गुणस्तरीय प्याथोलोजी ल्याबसँग सम्झौता गरेको बैङ्कले जनाएको छ। 

बैङ्क अफ काठमाण्डू लिमिटेड र सम्यक् डाईग्रोष्टिक प्रा. लि. बिच बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोडको माध्यमबाट भुक्तानी गर्दा बैङ्कका आदरणीय ग्राहक महानुभावहरूलाई १०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ । 

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरूले सम्यक् डाईग्नोष्टिक प्रा. लि.ले प्रदान गर्ने प्याथोलिजी सम्बन्धी स्वास्थ्य सेवाहरू उपभोग बापत बैङ्कको कार्ड तथा मोबाइल बैंङ्कको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १०% सम्म छुट पाउनेछन् । सम्यक् डाईग्रोष्टिक प्रा. लि. ले काण्ठमाडौं उपत्यकाबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।  

बैङ्क अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरू, ७८ एटिएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरूलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ