arrow

ओलीले एमालेको विभाजन चाहेका छन : नेता नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३० शनिबार
madhav-kumar-nepal-makune-uml.jpg

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एमाले एकता र विभाजनको दोबाटोमा पुगेको बताएका छन् ।

नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले एमालेको विभाजन चाहेको जिकिर गर्दै भने,‘ओलीले एकपछि अर्को एकलौटी काम गरिरहेका छन् । पार्टी एकताको आधार कमजोर बनाएका छन् । वास्तवमा ओलीले एकता चाहेकै छैनन् ।’

शनिबार काठमाडौंमा आयोजित आफूनिकट बागमती प्रदेश सम्पर्क संगठन कमिटीको कार्यक्रममा पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाइमा रहेको भन्दै एकताका सबै ढोकाहरू बन्द भए पार्टीलाई पुनर्गठन गर्ने जिम्मेवारीबाट पछि नहट्ने बताए ।

उनले अध्यक्ष ओली एकताको पक्षमा नआए पार्टी पुनर्गठन गर्ने स्पष्ट पारे । नेता नेपालले ओलीको अत्याचार सहने स्थिति नभएको भन्दै  एकलौटी रुपमा गतिविधि गरिरहेकाले आफूहरू लुरुक्क परेर जाने स्थिति नभएको स्पष्ट पारे ।

नेता नेपालले आफूहरूले ओलीलाई पार्टीको विधिमा बाँध्न खोज्दा, सरकारको काम राम्रोसँग गर्नुहोस् भनेर सुझाव दिँदा घेराबन्दीको अर्थमा बुझेको बताए । ‘ओलीले माधव नेपाल जस्तालाई एमालेमा ठाउँ छैन भनिरहेका छन्,’ उनले भने, ‘तर एकताको कुरा गर्नेले सबै निर्णय खारेज हुन्छ भने पनि अहिलेसम्म कुन निर्णय खारेज भयो ?’

नेपालले पार्टी एकताका लागि आफूहरुले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको साथै लोकतन्त्रको रक्षाका लागि आफूहरुले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वास मत दिएको स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ