- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आजको पञ्चाङ्ग
आज मिति २०७८ श्रावण ३१ गते आइतबार, इस्वीसंवत अगष्ट १५ तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ ।
चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणशुक्लपक्षको सप्तमी तिथि रहनेछ । आज स्वाति नक्षत्र, विष्कुम्भादि योगमा शुभ, करणमा भद्रा, आनन्दादि योगमा लुम्व रहनेछ ।
सूर्य कर्कट राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान ३२ घटि ४३ पला अर्थात् १३ घण्टा ४४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ३५ मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठिक ६ः४० बजे हुनेछ ।
आजको राशिफल
मेषः समय शुभ रहनेछ । क्षमता प्रयोग गरी अरूलाई सजिलै प्रभावमा पारेर कामहरू लिन सकिनेछ । नयाँ व्यवसाय थालनी गर्न सकिने तथा भने जस्तो आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्ने तथा सफलताको सिँढी चढ्न सकिनेछ । राजनीति गर्नेहरूले सर्वसाधारणको मत पाउने हुँदा सामाजिक पद पाउने ग्रहयोग रहेको छ । प्रेममा रमाउन चाहनेहरूले एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्ने समय रहेको छ ।
वृषः स्वास्थ्य राम्रो रहनेछ । इमानदारितापूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ । साङ्गठनिक टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ भने विभिन्न भौतिक सम्पत्तिहरू जोड्न सकिनेछ । व्यापार व्यवसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानी गरी विलासी वस्तुहरूको उपभोग गर्न पाइनेछ । पढाई लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तकहरू खुसी रहनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ ।
मिथुनः समय खराब रहनेछ । परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पतिपत्नीबीच अविश्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।
कर्कटः स्वास्थ्य भरपर्दो रहनेछैन । हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ । पढाई लेखाइमा अरूभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरू सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । व्यवसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरू सकभर लुकाउने प्रयास गर्नुहोला अरूले आलोचना गर्न सक्छन् ।
सिंहः समय शुभ छ । शत्रु तथा प्रतिस्पर्धीहरू आइलाग्ने भए पनि अन्ततः तपाईँको क्षमता देखेर आफै किनारा लाग्नेछन् । स्वास्थ्य सम्बन्धी पुराना समस्याहरू ठिक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाई लेखाइमा प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेको छ । पुराना ऋणहरू सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरीमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रसङ्गमा एक अर्काबिच नजिक हुने तथा रमाउन सकिनेछ ।
कन्याः समय खराब छ । बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ तर भने जस्तो पारिश्रमिक पाइने छैन । विद्यामा सफलता पाउन निकै नै सङ्घर्ष गर्नुपर्ला । परिवार तथा सन्तानबाट तपाईँले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यवसायमा लगानी नबढाउँदा राम्रो हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । पेट सम्बन्धी समस्याले सताउनेछ हुँदा मानसिक तनाव बढ्नेछ ।
तुलाः तुला राशि भएकाहरूका लागि आज समय अत्यन्तै शुभ छ । राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले थप लगानीको लागि रुपैयाँ जुटाउन सहज हुनेछ । सुन्दर तथा बिलासी बस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरिन अरूको मन आफूनिर आकर्षित गर्न सकिनेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेको छ ।
वृश्चिकः समय अत्यन्तै खराब छ । स्वास्थ्य सम्बन्धी समस्या आउने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरू भुलेर पनि नगर्नु होला, तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाइमा समय दिए पनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेको छ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेको छ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहँदा नचाहँदै छुट्टिनु पर्ने हुन सक्छ । व्यापार व्यवसाय खस्केर जाने ग्रहयोग रहेको छ ।
धनुः स्वास्थ्यमा एक्कासि समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला कामहरू बिग्रने तथा मनमुटाब पैदा हुन सक्छ । समय मध्यम रहेकोले परिबन्धमा परिने तथा झैझगडा हुने अधिक सम्भावना रहेको छ । माया प्रेममा अविश्वास बढ्नाले मन खिन्न हुनेछ । पारिवारिक माहौलमा मिठो मसिनो भोजन गर्ने अवसर जुर्ने भए पनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । पढाई लेखाइमा अल्छी गर्नाले अरूभन्दा पछि परिनेछ ।
मकरः स्वास्थ्य सबल रहनेछ । समय राम्रै छ । उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेसा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । पुराना इष्टमित्र एक्कासि भेट होलान् । आज तपाईँ जे चाहनु हुन्छ त्यो काम बन्ने छ । समग्रमा समय शुभ छ । तर उत्तर दिशाको यात्रा नगर्नुहोला ।
कुम्भः समय खराब छ, आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेसागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दुःख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नयाँ काम सुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन । आज उत्तर दिशामा कुनै पनि काम बन्नेछैन ।
मीनः समय मध्यम खालको छ । आम्दानीको तुलनामा खर्च कम हुने हुँदा फाइदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ भने पैतृक धन सम्पत्तिको परिचालनको माध्यमबाट मनग्गे लाभ लिन सकिनेछ । राजनीतिमा लाग्नेहरूले राज्यबाट विशेष सेवा सुविधा प्राप्त गर्न सक्नेछन् । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धी कामहरूबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।
साइतः आज सूर्य कर्कट र चन्द्रमा तुला राशिमा छन् । त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शनिवार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात् उत्तर पश्चिम र ईशान अर्थात् उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाईँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
आजको शुभ लाभादि बेला
बिहान ५ः२७ बजेदेखि ७ः०७ बजेसम्म उद्धेग बेला
बिहान ७ः०७ बजेदेखि ८ः४८ बजेसम्म चर बेला
बिहान ८ः४८ बजेदेखि १०ः२९ बजेसम्म लाभ बेला
बिहान १०ः२९ बजेदेखि १२ः१० बजेसम्म अमृत बेला
बिहान १२ः१० बजेदेखि १ः५० बजेसम्म काल बेला
दिनमा १ः५० बजेदेखि ३ः३१ बजेसम्म शुभ बेला
दिनमा ३ः३१ बजेदेखि ५ः१२ बजेसम्म रोग बेला
दिउँसो ५ः१२ बजेदेखि ६ः५३ बजेसम्म उद्धेग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)