arrow

नबिल बैङ्कले कति कमायो, कति बाँड्दै?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३२ सोमबार
Nabil-Bank-logo.jpg

काठमाडौं । नबिल बैङ्क लिमिटेडले गत आर्थिक वर्ष ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैङ्कले ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । साँढे ४ अर्ब बढी कमाएको बैङ्कको वितरणयोग्य मुनाफा ४ अर्ब १४ करोड ६२ लाख ६१ हजार रहेको छ। 

गत असार मसान्तसम्ममा बैङ्कको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत बढेर ७ अर्ब ७२ करोड ७० लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैङ्कले ६ अर्ब ९८ करोड ३६ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैङ्कको नेट फि तथा कमिसन आम्दानी १९.७४ प्रतिशत बढेर १ अर्ब ४८ करोड ७१ लाख ११ हजार रुपैयाँ, सञ्चालन मुनाफा २६.३५ प्रतिशत बढेर ६ अर्ब ४३ करोड ५१ लाख ७२ हजार रुपैयाँ, वितरणयोग्य मुनाफा ३६.२९ प्रतिशत बढेर ४ अर्ब १४ करोड ६२ लाख ६१ हजार रुपैयाँ र कुल सञ्चालन मुनाफा २४.३२ प्रतिशत बढेर ११ अर्ब ३४ करोड ३३ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

बैङ्कको चुक्ता पुँजी ३७.११ प्रतिशत बढेर १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ, जगेडा कोष २३.६४ प्रतिशत बढेर १५ अर्ब २ कोड २७ लाख २८ हजार रुपैयाँ, निक्षेप १७.१२ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ४७ करोड ८० लाख ८७ हजार रुपैयाँ र कर्जा ३३.८१ प्रतिशत बढेर १ खर्ब ९८ अर्ब १० करोड ७३ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्म बैङ्कको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ४ पैसा छ । बैङ्कको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०.६९ गुणा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ