- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्वन्धी अध्यादेश जारी गरेकी छन् ।
सरकारले मंगलबारको मन्त्रिपरिषद् बैठकबाट राजनीति दल सम्वन्धी ऐन २०७३ लाई संसोधनको निणर्य गर्दै राष्ट्रपति कार्यालयमा अध्यादेश जारीका लागि सिफारिस गरि पठाएको थियो ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको हाम्राकुरालाई जानकारी दिए ।
सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत राजनीतिक दल सम्वन्धि ऐन २०७३ मा संसोधन गर्दै केन्द्रीय समिति वा संसदीय दल मध्ये कुनै एकमा २० प्रतिशत सदस्य संख्या पुर्याए दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याएको थियो ।