arrow

प्रिंयका मृत भेटिइन् : सत्य तथ्य पत्ता लगाउन माग गर्दै राजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
priyanka-case.JPG

सर्लाही । गत साउन ३१ गते रातीदेखि बेपत्ता सर्लाही रानिगन्ज डाँडा टोल निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेल मङ्गलवार राती मृत अवस्थामा फेला परेकी छिन । घटनाको सत्य तथ्य पता लगाउन माग गर्दै स्थानेले बुधवार दिउँसो पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । स्थानेले घटनाको सत्य तथ्य पता लगाउन साथै दोषीलाई हदै सम्मको कारबाहीको माग गरेका छन् ।

युवतीको शव घरदेखि करिब ३ किलोमिटर पर लालबन्दी नगरपालिका-६, स्थित कालिन्जोर खोलामा फेला परेको हो । मध्यरातमा युवतीको शव फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । 

तत्कालै इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक निर्मल थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरी मृतक युवतीको शव पोस्टमार्टमका लागि मङ्गलवार राती नै जिल्ला अस्पताल मलंगवा पठाएको छ । 

युवतीको मृत्युको कारण खुल्न सकेको छैन । साउन ३१ गते मध्यरातमा युवती बेपत्ता भएको भन्दै परिवारले साउन ३२ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा जानकारी गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ